लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

कात्तिक २५, २०७९

सार्वजनिक सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९।०७।२5)

पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय, प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन ईकाई, राप्ती उपत्यका (देउखुरी), लुम्बिनी प्रदेश नेपाल (प्रस्तावक) ले दाङ जिल्ला, राप्ती गाउँपालिका वडा नं. ३  स्थित साबिक राप्ति प्राविधिक शिक्षालय परिसरमा प्रदेश सरकारका प्रशासनिक भवन, प्रदेश सभाका भवन तथा अन्य संरचनाको निर्माणका लागि लुम्बिनी प्रदेश राजधानी निर्माण तथा व्यवस्थापन आयोजना प्रस्ताव सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार गरी यस मन्त्रालयमा स्वीकृतिको लागि पेश गरिएको छ । लुम्बिनी प्रदेश वातावरण संरक्षण नियमावली, २०७७ को नियम ११ को उपनियम (६) बमोजिम यस प्रतिवेदनमा राय-सुझाव दिनका लागि प्रतिवेदन पढ्न वा उतार गरी लैजान पाउने व्यवस्था रहेकोले यस आयोजना प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन यसैसाथ संलग्न गरी सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदन सम्बन्धमा सरोकारवाला वा जो कसैको पनि लिखित राय सुझाव प्राप्त भएमा उपयुक्त राय-सुझावहरुलाई यस मन्त्रालयले प्रस्तावको स्वीकृति प्रकृयामा समावेश गर्ने भएकोले यस सम्बन्धमा व्यक्ति वा कुनै समूह, संघसंस्थान वा प्रभावित वर्गको कुनै राय-सुझाव भएमा यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले सात (७) दिन भित्र आफ्नो राय सुझाव निम्न ठेगानामा पठाई दिनु हुन यसै सूचना द्वारा आह्वान गरिएको छ।

  

प्रतिवेदन अध्ययन वा उतार गर्न सकिने स्थानहरु:

1. श्री वन तथा वातावरण मन्त्रालय, मुकाम: बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल।

Website: (https://moitfe.lumbini.gov.np)

. श्री पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय,  प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन ईकाई, राप्ती उपत्यका (देउखुरी), लुम्बिनी प्रदेश, नेपाल।

राय सुझाव पठाउने ठेगाना:

वन तथा वातावरण मन्त्रालय,

मुकाम: बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल

ईमेल: mofesc.lumbini@gmail.com

फो.नं.: 071-1551216, 071-547474   

फ्याक्स नं.: 071-547474