असोज १७, २०८०

प्रदेश सरकार (कार्य विभाजन) नियमावली अनुसार यस मन्त्रालयको कार्यक्षेत्र अनुसारका कार्य जिम्मेवारीहरू देहाय बमोजिम रहेका छन् ।

  • प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • वन्यजन्तु र वन पैदावार ओसारपसारसम्वन्धी नियमन र अपराध नियन्त्रण
  • वन, वनस्पति, वन्यजन्तु र जैविक विविधतासम्बन्धी प्रादेशिक सङ्ग्रहालय व्यवस्थापन
  • प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन
  • जैविक विविधता पार्क,हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन
  • जडिबुटी खेती प्रविधि प्रर्वद्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा, तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन
  • वन तथा वातावरणसम्बन्धी बिषयमा प्राविधिक सूचना तथा सेवा प्रबाह
  • वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धी नीति, समन्वय र सहयोग
  • प्रदेशस्तरका वनस्पति उद्यान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्वन्धी नीति र व्यवस्थापन
  • प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थपन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँट
  • प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीति, प्रविधि विकास, व्यवस्थापन
  • प्रदेशभित्र भूस्खलन नियन्त्रण
  • प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन
  • प्रदेशस्तरमा वातावरण सम्वन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशस्तरमा वातावरणीय सूचना प्रणालीको स्थापना
  • प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार
  • प्रदेशस्तरमा वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन
  • प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा बिद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियन्त्रण
  • प्रदेशस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन
  • प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन
  • प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धि, वातावरणीय सुशासन तथा परीक्षण
  • भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, बर्गीकरण, संरक्षण र व्यवस्थापन
  • संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण
  • अन्तरप्रदेशीय नदी उकास तथा सडक किनार वृक्षरोपण व्यवस्थापन
  • वृक्षरोपणको लागि दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउबगैँचा स्थापना र व्यवस्थापन
  • प्रदेशभित्र वृक्षरोपण तथा सम्भार सम्वन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन
  • वन्यजन्तु र चराचुरुङ्गी सम्वन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन