Government of Lumbini Province

Ministry of Forests and Environment

Rapti Upatteka (Deukhuri), Nepal

Oct. 4, 2023

प्रदेश सरकार (कार्य विभाजन) नियमावली अनुसार यस मन्त्रालयको कार्यक्षेत्र अनुसारका कार्य जिम्मेवारीहरू देहाय बमोजिम रहेका छन्ः

  • प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • वन्यजन्तु र वन पैदावार ओसारपसार सम्वन्धी नियमन र अपराध नियन्त्रण
  • वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङ्ग्रहालय व्यवस्थापन
  • प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन
  • जैविक विविधता पार्कहात्तीसार तथा चिडियाखानाको व्यवस्थापन
  • जडिबुटी खेती प्रविधि प्रर्वद्धनविस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा, तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन
  • वन तथा वातावरण सम्बन्धी बिषयमा प्राविधिक सूचना तथा सेवा प्रबाह
  • वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धी नीति, समन्वय र सहयोग
  • प्रदेशस्तरका वनस्पति उद्यान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्वन्धी नीति र व्यवस्थापन
  • प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थपन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँट
  • प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीति, प्रविधि विकास, व्यवस्थापन
  • प्रदेशभित्र भूस्खलन नियन्त्रण
  • प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन
  • प्रदेशस्तरमा वातावरण सम्वन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशस्तरमा वातावरणीय सूचना प्रणालीको स्थापना
  • प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार
  • प्रदेशस्तरमा वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन
  • प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा बिद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियन्त्रण
  • प्रदेशस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन
  • प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन
  • प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धि, वातावरणीय सुशासन तथा परीक्षण
  • भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, बर्गीकरण, संरक्षण र व्यवस्थापन
  • संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण
  • अन्तरप्रदेशीय नदी उकास तथा सडक किनार वृक्षारोपण व्यवस्थापन
  • वृक्षरोपणको लागि दीगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउबगैँचा स्थापना र व्यवस्थापन
  • प्रदेशभित्र वृक्षरोपण तथा सम्भार सम्वन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन
  • वन्यजन्तु र चराचुरुङ्गी सम्वन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन